आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस

महेन्द्रनगर ।आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाउँदैछन् ।


नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा कायम गरिएको छ।

राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

नारी दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

ताजा समाचार