कञ्चनपुरमा अवैध लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर। कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका–५ बन्तरीयाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।

४ ग्राम ४१ मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक चौधरीको साथबाट उक्त लागूऔषध बरामद गरिएको थियो।

ताजा समाचार