भोेली कैलाली कञ्चनपुरमा सार्वजनिक विदा


महेन्द्रनगर । राना थारू समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भोेली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले फागुन ३० गते (भोेली) एक दिन खखडेहरा पर्वको अवसरमा एक दिन कञ्चनपुर र कैलालीमा सर्वजनिक विदा दिने निर्णय गरेको हो ।

विशेष गरेर कैलाली र कञ्चनपुरमा वसोवास गर्ने रानाथारू समेदायले मनाउने खखडेहरा पर्वको अवसरमा राजपत्रमा चैत्र १ गते विदा दिने भनियता पनि सोलाई संसोधन गरि फागुन ३० गतेका दिन विदा दिने निर्णय भएको प्रदेश सरकारले एक ससचना मार्फत जनाएको छ ।

पर्वको अवसरमा कैलाली कञ्चनपुरका राना थारू समुदायले विभिन्न कार्यक्रम गरि मनाउने तयारी रहेको रानाथारू समाज कञ्चनपुरले जनाएको छ ।

Advertisementspot_img

ताजा समाचार