कञ्चनपुरमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलाैरी-८ कलकत्तामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बासको झाडी नजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।

बिहान परिवारका सदस्यले चौधरीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घरपरिवारले खवर गरेपछि प्रहरी टोली सहित घटना स्थल पुगेको बेलाैरी प्रहरीले जानकारी गराएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको उनले जननए ।

ताजा समाचार