महेन्द्रनगर। सीमावर्ती भारतीय बजार टनकपुर नजिक ठुलीगाडमा बिहीबार एक सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। ८ जना घाइते छन्।
मृतक र घाइते सबै पूर्णागिरी माताको दर्शनका लागि जाँदै थिए। दुर्घटनाको पूर्ण विवरण आएको छैन। मृतक र घाइतेहरुको परिचय पनि खुल्न सकेको छैन।
स्थानीय प्रहरीका अनुसार ठुलीगाडमा उक्त दुर्घटना भएको हो। प्राप्त जानकारी अनुसार बसले सडकमा भएका यात्रुहरुलाई कुल्चिएको थियो। घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल ल्याइएको छ।