बैतडीमा बुबा छोराले गरे वडाध्यक्ष माथि कुटपिट

बैतडी। बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्षमाथि उनकै वडा कार्यालय सहयोगीले कुटपिट गरेका छन्।

बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीलाई उनकै वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत जनार्दन नेगी र उनका छोरा पारश मिलेर कुटपिट गरेको प्रहरीले जनाएको छ।

बिहीबार राति ९ बजेको समयमा स्थानीय बजारमा नेगीमाथि तराजुको ढकले प्रहार गर्दा वडाध्यक्ष नेगीका घाइते बनाएका कार्यालय सहयोगी बुबा छोरा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घाइते वडाध्यक्षको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार