सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा बेलडाँडी गाउँपालिका अध्यक्ष राना सम्मानित

बेलडाँडी। सुदूर पश्चिमाञ्चल साहित्य समाजले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानालाई सम्मानित गरेकाे छ ।

केही दिन अघि प्रदेश स्तरिय सुदूर-पश्चिमाञ्चल साहित्य समाजले सम्पन्न गरेकाे `विश्व नेपाली साहित्य समाज´ कार्यक्रम सम्पन्न गर्न सहयाेग गरेकाे अवसरमा अध्यक्ष रानालाई सम्मान गरेकाे हाे ।

शुक्रबार साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डे, महा-सचिव गणेश बहादुर नेपाली सहितकाे टिम बेलडाँडी गाउँपालिकामा पुगेर गाउँपालिका अध्यक्ष रानालाई दाेसल्ला र प्रमाण पत्र प्रदान गरेर सम्मान गरेकाे हो ।

ताजा समाचार