महेन्द्रनगर । बेलडाँडी-५ झिलमिलबाट नावालक ३ दिन देखि बेपत्ता भएका छन् ।
१७ गते बेलुका साझ साढे सात बजेकाे समयमा बेलडाँडी गाउँपालिका वडा नम्बर-५ मामा घर देखि बेपत्ता भएका नावालक विवेक पन्तकाे प्रहरीले खाेजि कार्य जारी राखेता पनि ३ दिन विति सक्दा समेत फेला पार्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
बेलाैरी नगरपालिका-१० भुडा सडकघाट घरभएका मनाेज पन्तका छाेरा हुन । दुवै आमा छाेरा २ बर्ष देखि मामा घरमा बस्दै आएका थिए ।
वालक गहुँ गाेराे बर्ण, उचाई अन्दाजि ३ फिट, राताे हरियाे रंगकाे टिसर्ट,राताे टाउजर लगाएकाे , गालामा कालाे टिका लगाएकाे,बायाँ हातमा बालाे धागाे लगाएकाे छन् ।
काेहि कसैले देख्ने हुने वा फेला पर्नुहुने जाेसुकैले नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुराेध गरेकाे छ ।