दैजी बेलडाँडी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जना बालकको मृत्यु, २ जना गम्भीर घाइते

बेलडाँडी । बेलडाँडी देखि दैजी जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको छ ।

आज दिउँसो बेलडाँडी देखि महेन्द्रनगर जाने क्रममा रौलेश्वर माविका शिक्षक टेकराज भट्टको मोटरसाइकल दुर्घटना हुदा ८ बर्षिय बालक इस्बद शाही को महाकाली अस्पताल पुर्याउने क्रममा मृत्यु भएकाे छ, भने मोटरसाइकलमा अर्का ८ बर्षिय अर्चना जोशी र मोटरसाइकल चालक टेकराज भट्ट गम्भिर घाइते भएको प्रहरीले जाएको छ ।घाइते भएका दुबैलाई अहिले धनगढी रेफर गरिएको छ ।

बेलडाँडीबाट घर फकर्ने कर्ममा भट्ट र अर्का शिक्षक अम्मर बहादुर शाही संगै दैजिको सडक जंगलको बाटो जाने क्रममा अम्मर शाही सरको मोटरसाइकल पेन्चर भएको र पेन्चर हुदा उनले छोरालाई भट्टको मोटरसाइलमा बसाली दिएका थिए । केही मीटर अगाडी गएर मोटसाइकल एक्कासी नहरमा गएर दुर्घटना भएको हो ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

ताजा समाचार