महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशस्थित एनएनबी बैंकका विभिन्न शाखाले विश्वसम्पदा दिवसको अवसरमा सरसफाई तथा विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार एनएनबी बैंक सुदूरपश्चिम प्रदेशका वरिष्ठ क्षेत्रिय प्रवन्धक शुसिल बहादुर सिंहको नेतृत्वमा विश्वसम्पदा दिवसको अवसर पारेर महेन्द्रनगर बजार क्षेत्र तथा आसपासका सिद्धबाबा,बैजनाथ मन्दिरहरुमा सरसफाई तथा डस्टविन वितरण गर्नुका साथै सम्पदा संरक्षणका लागी सचेतनामुलक पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) गरिएको एनएनबी बैक लम्की शाखाका म्यानेजर प्रकाश पन्तले बताए ।
‘बैंकका सुदूरपश्चिम प्रदेशका बरिष्ठ क्षेत्रिय प्रवन्धक सुशिल बहादुर सिंह सरको नेतृत्वमा विभिन्न शाखाहरुका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा महेन्द्रनगर बजार क्षेत्र र बजार आसपासका सिद्धबाबा लगाएतका मन्दिरमा सरसफाई र डस्टविन वितरण गरिएको हो ।’ एनएनबी बैंक महेन्द्रनगरका बिजनेस डेभलपमेन्ट म्यानेजर अन्जु भट्टले भनिन् ‘यस्तै विश्व सम्पदाको संरक्षणका लागी विभिन्न सचेतनामुलक ब्यानर,पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) समेत गरका छौँ ।’
वरिष्ठ प्रवन्धक सिंहकाअनुसार एनएनबी बैंकले कैलालीको धनगढी लगाएत देशैभरी विभिन्न कार्यक्रम गरेर विश्व सम्पदा दिवस मनाइरहेको छ । ‘नेपाललाई विश्व सामु सभ्य र सु–संस्कृत मुलुक को रूपमा चिनाई राख्नको निम्ति सम्पदाहरूको संरक्षण तथा संबर्धन गर्नु आजको आवश्यकता अनि चुनौती रहेको छ ।’ वरिष्ठ प्रवन्धक सिंहले भने ‘त्यसैले एनएनबी बैंकले प्रत्यक वर्ष सम्पदा संरक्षणका लागी यस्ता खालका सचेतना कार्यक्रम गर्दै आइरहेको छ, यी यस्ता कार्यक्रमले हाम्रा कला,संस्कृति तथा सम्पदा संरक्षणमा केही मद्दत मिल्नेछ भन्ने विश्वास लिएका छौ ।’
उक्त कार्यक्रममा विभिन्न शाखाका प्रमुख,कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । एनएनबी बैंकले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।