जातिय तथा लैङ्गिक विभेद कार्यक्रम

कञ्चनपुर । कञ्चनपुरमा रहेको जिल्ला समन्वय समिति कार्यालयमा जिल्ला स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।

आज (सोमबार) जिल्ला समन्वय समितिको सभा हलमा दलित महिला संघले “समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विभेद”मूल नाराका साथ सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सरोकारवालाहरुको भूमिका विषयमा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितका प्रमुख दुर्गादत्त बोहोरा ,विशिष्ट अथिति निलम लेखक, दलित महिला संघको संस्थापक अध्यक्ष दुर्गा सोव, जनप्रतिनिधी,बुद्धिजिवि,विभिन्न समूह तथा संघ संस्थाका दलित महिलाहरुको उपस्थिति रहेको थियो ।

२०६३ सालमा जातिय छुवाछुत मुक्त घोषणा गरिसक्दा पनि आज सम्म जातिय छुवाछुत अन्त्य हुन नसकेको भन्दै दलित महिला संघले विभिन्न समूह तथा संघ संस्थाका दलित महिलाहरुको उपस्थिति गराई समाजमा अहिले पनि जातिय तथा लैङ्गिक विभेद रहेको भन्दै सरोकारवाला निकायहरुलाई ध्यान आर्कषण गराउदै विभिन्न क्षेत्रमा दलित महिलाको पहुंच नपुगेको गुनासो व्यक्त गरेका छन् ।

सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच हुनुपर्छ भन्नका निम्ति यो कार्यक्रम सञ्चालन गरेको थियो, र दलित महिलाहरुले आफु समाजमा जातिय छुवाछुत अपहेलना भोग्नु परेका समस्याहरू व्यक्त गरेका थिए ।

जातिय तथा लैङ्गिक विभेदलाई अन्त्य गर्न हामी सबैमा सकारात्मक सोच हुनुपर्छ भन्दै जिल्ला समन्वय समितका प्रमुख बोहोरा भन्छन् “हाम्रो समाजमा विभिन्न प्रकारका जातिय,धार्मिक,
लैङ्गिक, छुवाछुत विभेदका सामाजिक समस्या रहेका छन् । जसले गर्दा समाजको विकास हुनमा अवरोध पुर्याएको छ । समाज परिवर्तनका लागि जातिय तथा लैङ्गिक विभेद अन्त्य हुनु आवश्यक छ । जातिय तथा लैङ्गिक विभेद अन्त्य हुन अलि समय लाग्छ ।” जसको लागि राज्यले गर्नु पर्ने कुराहरु समन्वय समितिबाट पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।

ताजा समाचार