मनकारी उपप्रमुख लेखकद्धारा वैवाहिक वर्षगाठको अवसरमा विपन्न परिवारलाई खाद्यान्न वितरण र असहाय बालवालिकाको स्वास्थ्य विमा निर्माण

महेन्द्ननगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी दम्पतिले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ ।

शुक्रवार आफ्नो वैवाहिक वर्षगाठको अवसरमा नगर उपप्रमुख जोशी दम्पतिले विपन्न परिवारलाई खाद्यान्न वितरण र असहाय वालवालिकाहरुको स्वास्थ्य वीमा गरिदिएका हुन् । वैवाहिक वर्षगाठको अवसरमा भीमदत्त नगरपालिका वडा नम्बर १, १०, ३ र १८ का विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको नगर उपप्रमुख लेखकले बताइन् ।

यस्तै ५ जना असहाय,अनाथ बालवालिकाहरुको स्वास्थ्य वीमा समेत गरिदिएको उनले बताइन् । ‘पछिल्लो समय प्राय मानिस आफ्नो जन्मदिन, एनिभर्सरी अथवा अन्य कुनै कार्यक्रमहरु ठुलठुला होटेलमा गएर मनाउने परिपाटी रहेको छ ।’ उनले भनिन् ‘त्यसरी होटेलमा गएर फजुल खर्च गरेर भन्दापनि गरिव, असहाय, अनाथ, विपन्न परिवारलाई सहयोग तथा अन्य सामाजिक कार्य गरेर आफ्नो जन्मदिन,एनिभर्सरी मनाउन सकिन्छ भन्ने लागेर विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण र अनाथ, असहाय वालवालिकाहरुलाई विरामी भए उपचार गर्न सहज होस भन्ने उद्देश्यले स्वास्थ्य वीमा गरिदिएका हौँ ।’

नगर उपप्रमुख जोशी निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएकी छन् । केही दिन अघि आफ्नो छोराको जन्मदिनको अवसरमा पनि उनले वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।

ताजा समाचार