बेलडाँडी गाउँपालिकाले गर्यो महिलाहरुको सवालमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सुझाव संकलन

कञ्चनपुर । कञ्चनपुरमा बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ बनाउन लागेको नीति तथा कार्यक्रममा महिलाहरुको सवालमा लक्षित समुहहरु संग राय सल्लाह सुझाव संकलन सुरु गएको छ ।

शुक्रवार बेलडाँडी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका तथा महिला समूहका प्रतिनिधिहरुसंग सुझाव संकलन सुरु गरेको हो ।

पालिकाको बिकास निर्माण र योजना तर्जुमा कार्यलाई पारदर्शी र लक्षित समूह संग समन्वय गरि नीति तथा कार्यक्रम तयार गरि पालिकाको बिकासमा सबैको सहभागिता जुटाउने उद्देश्यले सुझाव संकलन गरिएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।
बेलडाँडीका महिलाहरुको सवालमा लक्षित समुहहरु संग समन्वय गरि समुन्नत पालिका बनाउन सल्लाह सुझाव संकलनको काम गरिएको बेलडाँडी गाउँपालिका कि उपाध्यक्ष शान्ति नाथले बताइन् ।

ताजा समाचार