बेलडाँडी गाउँपालिकाका अध्यक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बीच निकुञ्जसंग जोडिएका विवित विषय बारे छलफल

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिकाका अध्यक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बीच विवित विषय बारे छलफल भएको छ ।

आज मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउमा बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र राना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर कुमार मेहताविच उक्त गाउँपालिकाको निकुञ्जसंग जोडिएका विवित विषय बारे छलफल भएको हो ।

छलफलका क्रममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडी देखी दैजी सडक खण्डमा यात्रा सहजताको लागि बेलडाँडी पोस्ट र दैजी पोस्टमा सिसिभिटी जडान गर्ने, त्यसैगरी कालीकिच ताललाई पर्यटकिय क्षेत्र बनाउने, बेलडाँडी गाउँपालिकामा नापी भैरहेको अवस्थामा ग्रीन वेल्टको बारेमा आउन सक्ने समस्या समाधान गर्ने भन्ने बारेमा, त्यसै गरि किसान मध्यवर्ती सामुदायिक वन र जनता बीच विवाद र इमलिया गाउँको ७२ बिघा लालपुर्जा भएको जग्गा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नक्सा सहितका विवित विषयका बारेमा छलफल गरेका छन् ।

ताजा समाचार