बेलौरीबाट बेलडाँडी तर्फ आइरहेको जिपले ठक्कर दिँदा दुई जना साईकल यात्री घाइते

कञ्चनपुर ।कञ्चनपुरको हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी – बेलौरी सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बेलडाँडी गाउँपालिका वडा न.०१ सिद्ध चोक स्थित बेलौरी बेलडाँडी सडकखण्डमा आज (शनिबार) बिहान करिब ९ तिर बेलौरीबाट बेलडाँडी तर्फ आइरहेको सु.प.प्र.०१००१च२७६१ नम्बरको तरकारी बोकेको जिपले बेलौरी नगरपालिका ९ रतनपुर बस्ने साईकल यात्री ३० वर्षीय सुनिल चौधरी र १९ वर्षीय पवन चौधरीलाई पछाडीबाट ठक्कर दिदा घाईते भएका हुन् ।

उनीहरूको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लागेका थिए । पवन चौधरीको बाँया हातर खुट्टामा सामान्य चोट रहेको र अर्को सुनिल चौधरीको टाउकोमा चोट लागेको कारण थप उचारको लागि धनगढी रिर्फर गरेको छ ।

ठक्कर दिने सवारी साधन र चालक बेल्डाँडी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

ताजा समाचार