“प्लास्टिक झोला प्रयोग प्रतिबन्ध” घोषणामै सीमित

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ०८० वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लाभर प्लास्टिकका झोला प्रयोग,आयात, बिक्री, वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय फितलो भएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायत सरोकारवालाहरुले गतवर्षको चैत्रमा सयुक्त बैठक बसी प्लास्टिक झोला प्रयोग नगर्ने नगराउने निर्णय गरी निर्देशन सहितको सार्वजनिक सूचनासमेत जारी गरिसकेकोछ तर ३ महिना बित्न लाग्दा पनि कुनै उपलब्धि भएको देखिएन।

जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्री वितरणमा रोक लगाउन जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसंग समन्वय गरिसकेको छ ।स्थानिय निकायका जनप्रतिनधिले पनि प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्।

जुन तहमा कार्यान्वय हुनु पर्ने हो तिनीहरू भने आफू यो बारेमा अनभिज्ञ रहेको बताएका छन्।भिनपा कै शब्जी पसलमा यस सम्बन्धी कुरा बुझ्दा आफुलाई वैकल्पिक उपाय नदिएकोले प्लास्टिक प्रयोग गर्न बाध्य भएको बताएका छन्।त्यसो त किराना पसलमा भने ग्राहक नै आफै घरबाट अन्य पुनः प्रयोगका झोला लिएर आउने प्रवृत्ति नहुँदा प्लाष्टिक को प्रयोग रोक्न गार्हो भएको बताउँछन्।यस बारेमा नत स्थानीय निकायले अनुगमन गरेको छ नत निर्णय गर्ने निकायले कुनै चासो राखेको छ।

प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजार रूपैयाँसम्म जरिवाना हुने निर्णय गरेको छ। कञ्चनपुरका अधिकांश गाउँ सहर बजारमा ४० माइक्रोनभन्दा पातलो झोला लगायत प्लास्टिक सामग्रीको व्यापक प्रयोग भइरहेको छ ।

प्लाष्टिकले बातावरणसँगै मानव स्वास्थ्यमा समेत हानी गर्छ तर यस्ता सरकारी घोषणामा सरोकारको सक्रियता नहुँदा प्रभावकारी हुन सकेको छैन भने कागजमै सीमित छ । अहिलेसम्म अनुगमन र कारवाही पनि शून्य देखिन्छ ।

ताजा समाचार