बेलडाँडी गाउँपालिका वडा नं.२ को ऐलानी जग्गा नापजाँच कार्य शुरु

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.२ को ऐलानी जग्गा नापजाँच कार्य शुरु भएको छ ।

बेलडाँडी गाउँपालिकाले वडा नं.२ का भुमीहीन, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउनका लागि आज आइतवार देखि ऐलानी जग्गा नापजाँचको काम शुरू गरेको हो ।

उक्त गाउँपालिकाको वडा नम्बर ५ मा नापजाँच सम्पन्न भइसकेको र वडा नं ३ मा नापजाँच जारी नै रहेको छ भने वडा नम्बर २ को गौडी टोल देखि नाप जाँचको कार्य आज अध्यक्ष हरिचन्द्र रानाले उदघाटन गर्दै नक्साको काम शुरू गरेको जनाएका छन् ।

जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भुमीहीन, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरु जमिनको मालिक बन्ने भएपछि हर्षित भएका छन् ।

ताजा समाचार