बेलडाँडी गाउँपालिका वाड नं.२ र ३ मा जग्गा नापजाँचको काम तीब्र रुपमा जरिनै वडा नं.१ को सिद्धचोक देखि उद्‌घाटन

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.१ को ऐलानी जग्गा नापजाँच कार्य शुरु भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.१ का भुमीहीन, दलित, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम आज आइतवार देखि नापजाँच शुरू भएको हो ।

उक्त गाउँपालिकाको वडा नम्बर ५ मा नापजाँचको काम सम्पन्न भइसकेको छ । वडा नं २ र ३ मा नापजाँच जारी नै रहेको छ भने वडा नम्बर १ को सिद्द्चोक देखि नाप जाँचको कार्य आज अध्यक्ष हरिचन्द्र रानाले उदघाटन गर्दै नक्साको काम शुरू गरेको जनाएका छन् ।

अव्यवस्थित बसोबासी जमिन नभएका भुमीहीन, दलित, सुकुम्बासी र अब्यबस्थित,लालपुर्जा नभएका बसोबासीहरु जमिनको मालिक बन्ने भएपछि हर्षित भएका छन् ।

ताजा समाचार