आगलागी भएको २ घण्टामै भीमदत्त नगरपालिका र एनएनएसडब्लुएको राहत

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघाडी स्थित सुकुम्बासी बस्तिमा आगलागी भएको छ । मंगलबार दिउसो १२ बजेतिर अचानक भएको आगलागीबाट स्थानीय कलावती सिंहको घर जलेर नष्ट भएको छ ।

आगालगीको खबर प्राप्त हुनासाथ जनप्रतिनिधि लगाएत नगर प्रहरी, कर्मचारी, पत्रकार, स्थानियवासीहरुले आगो निभाएका थिए । यस्तै आगलागी भएको २ घण्टामै भीमदत्त नगरपालिका र एनएनएसडब्लुए ले पिडित परिवारलाई राहात वितरण गरेको छ ।

आगालगी भएको २ घण्टामै नगर उपप्रमुख निलम लेखक जोशी, एनएनएसडब्लुएका प्रतिनिधि, घटनास्थलमै पुगेर तत्कालका लागी खाद्यान्न सामाग्री, भाडाकुडा, त्रिपाल, झुल, जर्किन, ओड्ने–ओछ्याउने लगाएतका सामाग्री वितरण गरिएको भीमदत्त नगरपालिका–१८ का वडासदस्य हेम बस्नेतले बताए ।

नगर उपप्रमुख जोशीले पिडित परिवारसंग भेटघाट र राहत वितरण गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘तत्कालका लागी भीमदत्त नगरपालिका र एनएनएसडब्लुएले पिडित परिवारलाई खाद्यान्न, ओड्ने ओछ्याउने, भाडाकुडा लगाएतका सामाग्री वितरण गरेका छौँ ।’ नगर उपप्रमुख जोशीले भनिन् ।

यस्तै उनले गर्मीका समयमा आगलागीबाट बच्न र सावधानी अपनाउन नगरवासीहरुलाई अनुरोध समेत गरेकी छन् ।

यस्तै भीमदत्त नगरपालिका–१८ ले पिडित परिवारलाई नगर १५ हजार आर्थिक सहयोग गर्ने वडाध्यक्ष रविन्द्र देवकोटाले बताए । तत्काल राहात पाएपछि आगलागी पिडित सिंहले सरकार भएको अनुभुती भएको बताइन् । ‘आगो लागेको २ घण्टामै घरमै आएर राहत पाउँदा सरकार भएको अनुभुती भयो ।’ उनले भनिन् ‘सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छु ।’

ताजा समाचार