महेन्द्रनगर । कञ्चनपुरमा दादुरा रुबेला रोग बिरुद्धको खोप अभियान जेठ २५ गते देखि ३२ गते सम्म हुने भएको छ ।
बुधबार कञ्चनपुर स्वास्थ्य कार्यालयको आयोजनामा ०७९/८० मा दादुरा रुवेला खोप अभियान सफल बनाउन संचारकर्मी, पत्रकार तथा सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
उक्त जिल्लमा दादुरा रुवेलाको खोप अभियान संचालन जेठ २५ गते देखि ३२ गते सम्म ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । उक्त जिल्लामा १ लाख १४ हजार ६ सय २३ जना वालवलिकाहरुलाई दादुरा रुबेला खोप दिईने भएको छ । र अहिले कञ्चनपुरमा ३३ जनामा यो रोग देखा परेको छ ।
सरकारले लिएको रणनिती अनुसार दादुरा रुबेला रोग निवारण गर्न सन् २०१९,२०२३ मा लक्ष्य लिएको थियो त्यमा असफल हुँदा अहिले सरकारको सन २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य रहेको छ ।
सुदूरपश्चिमका तीन वटा जिल्ला कञ्चनपुर,कैलाली र वाजुरामा यो दादुरा रोग देखिएको कारणले सरकारले यी जिल्लाहरुमा खोप दिन लागेको हो ।
खोप अभियान संचालन हुने मिति, समय र खोप केन्द्र रहने ठाउँको बिस्तृत जानकारी स्थानीय पालिका, स्वास्थ्य संस्था, स्थानीय बिद्यालय र महिला स्वास्थ्य स्वयं सेविकाहरु बाट प्राप्त गर्न सकिने छ ।