भीमदत्त नगरपालिका वडा न.२ मा डल सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका स्थित उल्टाखाम मा स्थानीय महिलाहरूको क्षमता विकासका लागि डल सम्बन्धि पुनर्तागी तालिम सम्पन्न भएको छ।

सोमबार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिका वडा न.२ मा आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत भीमदत्त नगरपालिकाको आयोजनामा ७ दिने डल सम्बन्धि पुनर्ताजगी तथा स्तरोन्नति तालीम सम्पन्न भएको हो। जेठ २२ देखि २९ गते सम्म एक हप्ता सञ्चालन भएको तालिममा भीमदत्त नगरपालिका वडा नम्बर २ का २१ जना स्थानीयको सहभागिता रहेको भीमदत्त नगरपालिका उद्यम विकास सहजकर्ता लक्ष्मी कलौनीले बताउनु भयो।

भीमदत्त नगरपालिका वडा नम्बर २ का वडा सदस्य राम बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य भीमदत्त नगरपालिका उप- प्रमुख निलम लेखक जोशी रहनु भएको थियो । भने भीमदत्त नगरपालिका उद्यम विकास सहजकर्ता लक्ष्मी कलौनीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

ताजा समाचार