काठमाण्डौ । महिला पत्रकार सुरक्षा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
आज बुधबार काठमाण्डौको होटल हिमालयमा एक दिने प्रशिक्षण कार्यक्रम क्यानडा, आर्टिकल १९ साउथ एसियन अफिस र मिडिया एक्सन नेपालले आयोजना गरेको हो ।
उक्त कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त,आर्टिकल १९ साउथ एसियन अफिसबाट रुमकी फरहाना,वरिष्ट पत्रकार सीआइजे नेपाल बाट नम्रता शर्मा र सबै प्रदेशका २० जना महिला पत्रकारको सहभागितामा रहेका थिए ।
पाकिस्तानबाहेक दक्षिण एसियामा पत्रकारको सुरक्षाका लागि कुनै पनि कानुन नभएको प्रशिक्षकहरूले गुनासो गरेका छन् ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले विभिन्न ठाउँमा अध्ययन अनुसन्धान गर्दै जाँदा महिला पत्रकारहरुलाई धेरै चुनौती देखेको बताए । उनले यस्ता चुनौतीलाई मध्यनजर गर्दै पत्रकार महिलाहरुले पत्रकारिता क्षेत्रमा भोगेका चुनौती न्यूनीकरण गर्न महिलाहरूले आवाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा सबै प्रदेश बाट सहभागी भएका पत्रकार महिलाहरुलाई आफूले भोगेका चुनौतीहरू प्रस्तुत गरेका थिए ।
पत्रकार महिलाहरुलाई विभिन्न क्षेत्रमा असुरक्षित महसुस गरेको र त्यस्ता असुरक्षित क्षेत्रमा महिलाहरुले कसरी सुरक्षा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
मिडिया एक्सन नेपालले नेपाल भरिनै यस्ता कार्यक्रम सञ्चालन गरी महिला पत्रकारलाई व्यवसायिक रुपमा कसरी अगाडि बढ्ने भन्ने तालिम विभिन्न समयमा गर्दै आएको छ।