महेन्द्रनगर । कञ्चनपुर जिल्लाका ९ स्थानीय तहले विगत ३ आर्थिक वर्षमा परामर्श सेवा खरिदमा १३ करोड ७३ लाख ९६ हजार ३८ रुपैयाँ खर्च गरेका छन् ।
प्राप्त भएको विवरणअनुसार आर्थिक वर्ष २०७६ देखि २०७९ सम्म ३ वर्षमा परामर्श सेवामा सबै भन्दा बढी खर्च बेदकोट नगरपालिकाले गरेको छ ।
१. बेतकोट नगरपालिका
बेदकोट नगरपालिकाले ३ वर्षमा ३ करोड ६० लाख १६ हजार ३ सय ८६ रुपैयाँको परामर्श सेवा खरिद गरेको छ ।
२. भीमदत्त नगरपालिका
भीमदत्त नगरपालिकाले ३ करोड ३२ लाख ५४ हजार ७ सय ५६ रुपैयाँको परामर्श सेवा खरिद खर्च गरेको छ ।
३.कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिकाले ३ करोड २४ लाख ८३ हजार १ सय ९२ रुपैयाँको परामर्श सेवा खरिद खर्च गरेको छ ।
४.पुनर्वास नगरपालिका
पुनर्वास नगरपालिकाले ९० लाख ३० हजार ७ सय रुपैयाँको परामर्श सेवा खरिद गरेको छ ।
५.बेलौरी नगरपालिका
बेलौरी नगरपालिकाले २०७६ देखि ०७८ सम्म १८ लाख ९१ हजार २७ रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ । भने ०७८/०७९ को परामर्श सेवा खरिद विवरण उल्लेख गरिएको छैन
६. शुक्लाफाँट नगरपालिका
शुक्लाफाँट नगरपालिकाले २०७६ देखि ०७८ सम्म ४९ लाख ६० हजार ९ सय ८७ रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ । भने ०७८/०७९ को परामर्श सेवा खरिद विवरण उल्लेख गरिएको छैन
७.दोधारा चाँदनी नगरपालिका
दोधारा चाँदनी नगरपालिकाले परामर्श सेवा खरिद विवरण उल्लेख गरिएको छैन ।
८. लालझाडी गाउँपालिका
लालझाडी गाउँपालिकाले १ करोड ६९ लाख ८८ हजार २ सय ३१ रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ ।
९. बेल्डाँडी गाउँपालिका
बेल्डाँडी गाउँपालिकाले २ लाख ७७ हजार ७ सय ६० रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ ।भने २०७७ देखि ०७९ सम्मको परामर्श सेवा खरिद विवरण उल्लेख गरिएको छैन ।
स्थानिय निकायले विकास निर्माणको काम गर्नु भन्दा पनि परामर्श सेवा खरिद गर्न मै फजुल खर्च गरेको हुँदा चौतर्फी आलोचना भएको छ ।
विस्तृत विवरण तालिकामा हेर्नुहोस् –
