कञ्चनपुर नेत्रहिन संघद्धारा सरोकारवाला निकाय संग बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर नेत्रहिन संघद्धारा स्थानिय तह , सरोकारवाला र अन्य सम्बन्धित व्यक्तिहरु सँग छलफल तथा बैठक सम्पन्न भएको छ।

सोमबार महेन्द्रनगरमा एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा कञ्चनपुर नेत्रहिन संघको आयोजनामा स्थानीय तह , सरोकारवाला र अन्य सम्बन्धि व्यक्तिहरु संग बैठकको आयोजना गरिएको हो।

सम्बन्धित सबै सरोकारवाला निकायले कार्यक्रम सञ्चालन गर्दा आवश्यक पर्ने सहयोग सधै रहने सकारात्मक धारणा व्यक्त गर्नु भयो। कञ्चनपुर जिल्लामा २ सय ६४ जना दृष्टि बिहिन महिला रहेको कञ्चनपुर नेत्रहिन संघका अध्यक्ष प्रेम बहादुर बोहराले बताउनु भयो।

बेलडाँडी र लालझाँडी गाउँपालिका दृष्टि बिहिन महिला प्रजनन स्वास्थ्य सम्बन्धि सरोकारवाला निकाय संग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम संयोजक सरिता महताले बताउनु भयो।

छलफल तथा बैठकमा कञ्चनपुर जिल्लाका स्थानिय तह भीमदत्त नगरपालिका महिला तथा बालबालिका शाख, शिक्षा शाखा , स्वास्थ्य कार्यालय कञ्चनपुर , लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

ताजा समाचार