कञ्चनपरमा ६ सय भन्दा बढी पशुचौपायामा लम्पी स्किन रोगको संक्रमित

कञ्चनपुर । कञ्चनपुर जिल्लाभर ६ सय भन्दा बढी पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । जस मध्य १५ वटा पशुचौपाया मरिसकेका छन् ।

पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र कमजोर हुँदै जाँदा अन्तमा मृत्यु हुने गरेको छ । खेती लगाउने र दूध दिने पशुचौपायाहरु विरामी परेपछि जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।

जिल्ला पशु कार्यालयका महेन्द्र पाण्डेका अनुसार कञ्चनपुर जिल्लाभर उक्त प्रकोवबाट ६ सय भन्दा वढी पशुचौपाया संक्रमति भएका छन् ।

जसमध्य सबै भन्दा बढी भीमदत्त नगरपालिमा २ सय ५० पशुचौपाया संक्रमित छन् ।, त्यसैगरी पुर्नवास नगरपालिकामा १ सय ५० संक्रमित छन् भने,बेटकोट नगरपालिकामा ७ संक्रमित छन् ,दोधारा चाँदनी नगरपालिकामा १ सय ३० संक्रमित छन् ,बेलौरी नगरपालिकामा १२ संक्रमित छन् ,बेल्डाँडी गाउँपालिकामा ७० संक्रमित छन् ,शुक्लाफाँट नगरपालिका, लालाझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लम्पी स्किन संक्रमित पशुचौपाया नदेखिएको र पशु कार्यालयमा महामारीका रूपमा फैलिरहेको लम्पी स्किन संक्रमण चौपायाको पुरै तथ्याङ्क नरहेको उनले बताएका छन् ।

उक्त प्रकोप सुरुमा पूर्वाञ्चलको झापामा देखिएको थियो । झापाबाट सुरु भएको यो रोग सबै जिल्लामा महामारीका रूपमा फैलिरहेको पाण्डेले बताएका छन् । उनका अनुसार,”उक्त प्रकोप २०७८ देखि कञ्चनपुरमा पनि देखा परेको हो । “

उनले भने,”यो प्रकोप महामारीका रूपमा फैलिरहेको छ । सङ्क्रमित पशुचौपायालाई लक्षणको आधारमा औषधि दिने गरेको र यस रोगलाई नियन्त्रणमा ल्याउनको लागि रोग विरुद्ध खोप नभएको हुँदा नियन्त्रण गर्न कठिन भइरहेको भन्दै सरकार संग रोग नियन्त्रण गर्न कुनै खास योजना नरहेको बताएका छन्। “

उनले यो रोगबाट बच्न विशेषगरी लामखुट्टे, झिंगा, किर्ना आदिको नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा गर्नुपर्ने जनाएका छन्।

लम्पी स्किन रोगले महामारीको रुप लिई रहँदा स्थानिय सरकार मौन बसेको भन्दै जनताहरू आक्रोसित भएका छन् ।

ताजा समाचार