नगर उपप्रमुख जोशीद्धारा डुवान क्षेत्रको अनुगमनः तत्काल गरियो पानी निकास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले डुवान क्षेत्रको अनुगमन गरेकी छन् । गएराती परेको अविरल वर्षाका कारण डुवान परेका विभिन्न क्षेत्रको आज (आइतवार) विहान नगर उपप्रमुख जोशीले स्थलगत अनुगमन गरकी हुन् ।

राती परेको वर्षाका कारण डुवान भएको विभिन्न क्षेत्रको अनुगमन संगै तत्काल डुवान क्षेत्रको पानी निकास समेत गरिएको नगर उपप्रमुख जोशीले बताइन् । ‘अस्थायी रुपमा डुवान क्षेत्रको पानी निकास गरिएको छ ।’ उनले भनिन् ‘यो बाढी, डुवानको समस्या स्थायी रुपमा समाधान गर्न हामी छलफल गरेर अगाडी बढ्छौँ ।’

ताजा समाचार