धनमती चन्द रुँदै आइन् न्यायको खोजीमा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १० मा बस्ने धनमती चन्द विगत १२ वर्षदेखी न्यायको खोजीमा भौतारि रहेकी छन् ।

उनको विवाह भीमदत्त नगरपालिका वडा नं १८ जानकी टोल बस्ने शेरबहादुर चन्दसंग २०६८ मंसिरमा मागी विवाह धुमधामले गरेकी थिइन्।

तर दुर्भाग्यको कुरा विवाह भएको केही महिनामै श्रिमानले अन्य अर्की केटीसंग सम्बन्ध रहेको श्रिमती धनमतीले थाहा पाउँदा दुवै विच विवाद सुरु भयो । फेसबुकको म्यासेन्जरमा कुरा कानी भएको आफुले थाहा पाएपछि श्रिमानसंग त्यो केटी को हो भनी सोध्दा श्रीमानले कहिले मानेको बैनी हो,कहिले साथी हो भन्दै गर्ने ठगी गर्ने, तर उक्त कुरा धनमतीलाई मन नपरेको बताईन् ।

विवाह गरेको महिनौ बितिसक्दा पनि विवाह दर्ता गरौ भन्दा समेत विभिन्न बहाना बनाएर आलटाल गर्ने विवाह दर्ता नगरेर उल्टै त्यो केटी संग सल्किए पछि आफूलाई दाईजोमा केही पनि ल्याउन नसकेको भन्दै अनेक बाहनामा कुटने, तेरो बाबालाई पैसा पठाई माग भन्ने,जे पायो त्यही कुरा भनेर मानसिक तनाव दिएर पीडा यातना दिएको र अरु गाउँ समाजका व्यक्ति लाई श्रीमतीको मानसिक रोगी भएकी भन्दै आरोप लगाएको धनमती चन्द बताउँछिन् ।

उनले भनिन् ” अत्यधिक पीडा भएको कारणले जिल्ला प्रहरी कार्यालयमा गएर आफुलाई घरेलु हिँसा भयो श्रीमानले नागरिकता समेत नबनाई दिएको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा सम्झाई बुझाई गरेर श्रिमानले नागरिकता बनाईदिन्छु भने पछि दुवै जनाको मिलापत्रमा बाहिर निकालेकी थिए । त्यो दिन त्यहाँ पनि त्यो केटी पनि आएर किन मेरो साथीलाई पक्राउ गरेको भन्दै विवाद गरेकि थिइन् । आफ्नो श्रीमानको वकालत अर्की केटी आएर बहस गर्दा आफूलाई नराम्रो लागेको उनको भनाइ रहेको छ । “

तर त्यही दिन पछि उनका श्रिमानले घर आउन छोडेको थियो । उनलाई घरको न घाटको बनाएर अलपत्र छोड्न श्रीमान २०७१ सालमा उनका श्रिमानले आफनो साथी भनिएकी महिलासंग विवाह गरेर सम्पर्क विहिन भएको र अहिले २०७९ मा आएर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने मुद्धा दर्ता गरेको उनले बताईन् ।

धनमतीले आफनो विवाह दर्ता गरौ भन्दा पनि नबनाउने, १ वर्षपछि छोरा जन्मेको र उसको जन्मदर्ता गराँउ भन्दा पनि नमान्दा खेरी आफू न्यायको लडाइँको लागि सबूत खोज्दै गर्दा श्रीमानको दुई वटा नागरिकता भेटाएको उनले बताइन्।

एक नागरिकता रौतेली बिचुवाबाट २०५७ सालमा र अर्काे नागरिकता कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बाट २०६३ मा लिएको देखिएको उनले बताईन् ।

१२ वर्षदेखी बिभिन्न दुख पाएर छोरालाई हुर्काएर बसेकी महिलालाई अहीले घरबार बिहिन बनाएर अलपत्र छोड्ने श्रीमानलाई बहुविवाहको मुद्धा दर्ता गराएपनि जिल्ला प्रहरी कार्यालयले उनलाई कुनै पनि जरिवाना नगरी एकैदिनमा रिहा गरेको , कुनै पनि कारवाही नगरेको उनले बताईन् । अहीले धनमतीले आफुलाई न्याय पाउनु पर्ने, आफनो छोराको वंशज नागरिकता हुनुपर्ने माग राखेकी छिन ।

जिल्ला प्रशासन कार्यालयाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले २ वटा नागरिकताको विषयमा छानविनका लागि प्रहरी कार्यालयमा अनुसन्धान भइरहेको बताएका छन् ।

ताजा समाचार