महाकालीमा पानीको वाहब बढ्यो, नगरप्रमुख बोगटीद्वारा जोखिम क्षेत्रको अनुगमन, डुवान क्षेत्रको अस्थायी समाधान गरिदै

महेन्द्रनगर । महाकाली नदिमा पानी वाहाब बढेको छ । गएराती देखि परेको अविरल वर्षाका कारण महाकालीमा पानी वाहाव बढेको हो ।

नदिमा पानीको वाहव बढेपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप–प्रमुख निलम लेखक जोशीले बाढीको जोखिम रहेको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

महाकाली नदि र भुजेला खोलाले भीमदत्त नगरपालिका वडा नम्बर–११, १२,१३ आसपासका बस्तीमा पार्ने प्रभाव तथा क्षतिलाई मध्यनजर गर्दै अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भुजेला खोलाले छेउका बस्तीमा डुवान भएको देखिएपछि नगरप्रमुख बोगटीले तत्काल समस्या समाधानका लागि महाकाली पुल आयोजना तथा निर्माण कम्पनी सङ्ग समन्वय गरि माटो/ग्राभेल हाल्ने र पानी निकास गर्ने काम भइरहेको छ ।

यस्तै उनले महाकाली पुल आयोजना र निर्माण कम्पनिका इन्जिनियरसङ्ग समस्याको दिगो व्यवस्थापनका लागि भुजेला खोलाको उतर तर्फ महाकाली नदिको धार परिवर्तन गर्ने विषयमा समेत छलफल गरेका छन् ।

महाकालीको धार परिवर्तनका लागि आयोजनाले सर्वे गर्न भनेको बताउदै केही दिनमा सर्वे गरेर काम अगाडि बढाउने महाकाली पुल आयोजनाका इन्जिनियर किशोर पाण्डेले बताए ।

ताजा समाचार