घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

कञ्चनपुर । आज नागपन्चमी पर्व घरघरमा नागको पुजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ ।

विभिन्न आठ प्रकारका नागको नागको पूजा गर्ने वैदिक सनातनकाल देखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, चतक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, सेल,रोटी लगायतका प्रसाद चढाउने गरिन्छ ।

आजको दिन घरको ढोकामा नागको मूर्ति वा नागको चित्र टाँसी पूजा गर्ने प्रचलनले सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने साथै प्राकृतिक प्रकोपको प्रभाव नपर्ने आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलाई मार्नु हुँदैन भन्ने पनि धार्मिक मान्यता रहेको छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् भन्ने धार्मीक मान्यता रहेको छ । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मनपर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

ताजा समाचार