कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर पुरानो बसपार्क नजिक गत शनिबार एक घर जलेर नष्ट हुँदा अग्निपीडित परिवार विचल्लीमा परेको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका बसपार्कस्थित राम एकवाल चौधरी(रक्की)को घरमा बस्दै आएका गणेश राज रौतला जैशीको खाना पकाउने ग्याँस लिक हुँदा घरमा आगजनी भएर चौधरीको घर र घरमा बस्दै आएका जैशीको घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएको थियो ।


सेफर अस्पताल अगाडी ठेलामा मःम व्यवसाय गर्दै आएका जैशीको पहाड घर बझाङ हो उनी विगत ९ वर्ष देखि अस्थायी रूपमा महेन्द्रनगर बस्दै आएका हुन् उनले पहाडको जमिन बेचेर तराई जमीन खरिद गर्ने रु छ लाख नगद रकम, दुई तोला सुन, प्याज काट्ने मेसिन, पङखा, कुलर, दराज, लत्ता कपडा फोन, तीन सन्तानका कपडा, किताब, स्टेशनरी, टेबुल, कुर्सी, व्यवसायिक भाँडाकुडा सहितका समाग्री जलेर नष्ट भएको गणेश रौताला जैशीले बताएका छन् ।
उनका अनुसार, ‘आगलागी हुँदा छोरी बेबिना जोशी माथिल्लो तलाको झ्यालबाट हाम फालेर बाँचिन, आगलागी भएपछि हाम्रो परिवार बिचल्ली भएको छ, कतैबाट न राहत न आश्वासन आएको छ ।’ भएको खाद्यान्न, कपडा सहितको समाग्री जलेर नष्ट भएपछि अहिले आफन्तको घरमा आश्रय लिएर बसेको र अत्यन्र्तै समस्यामा परेको दुखेसो पोखेका छन् ।



जैशी भन्छन् “दुःखको अपील गर्न कहाँ जाउ ? सहयोगका लागि विभिन्न निकायमा पहल गर्दा पनि कुनै निकायले ध्यानाकर्षण नै गरेन राहतको लागि अपिल गर्न जाँदा विपत कोषमा रकम छैन भन्दै फर्काउँछन् । कुनै पनि निकायबाट राहत नपाएको भन्दै गुनासो व्यक्त गरेका छन्। ”
आगलागीबाट राम एकवाल चौधरी (रक्की)ले पनि आफ्नो घरभित्र रहेको पुरै काठ जलेर नष्ट भएको बताए । आगलागीबाट २ खाट, २ दराज, टिभि,काउण्टर, कपडा, भाँडाकुडासहितका समाग्री जलेर तीन लाख भन्दा बढी काठ सहितको समाग्री नष्ट भएको बताएका छन् ।


