बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.१ हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
आज (मंगलबार) दिउँसो करिब २ बजे तिर बेल्डाँडी गाउँपालिका वडा नं.१ भण्डारी टोलस्थित सु.प.प्र. ००३प ७२११ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा बेलडाँडी कालिका मन्दिरनजिक बस्ने २२ वर्षीय सुनिल सार्की गम्भिर घाइते भई उपचारका लागि महाकाली प्रादेर्शीक अस्पताल महेन्द्रनगर लिने क्रममा बाटोमै मृत्यु भएको हो ।
सार्कीले आफैले चलाएको मोटरसाईकल हुलाकी सडकमा खाल्डोमा परी अनियन्त्रित भई दुर्घटना भएको स्थानीयहरुको भनाइ रहेको छ ।


