बेल्डाँडीका युवाहरूले गरे हुलाकी सडक बन्द

कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी दैजी जाने हुलाकी सडक युवाहरूको समूहले बन्द गरेका छन्।

हुलाकी सडक निर्माण ठेकेदारको लापरबाहीले सडकमा भएका खाल्डाखुल्डीको कारणले दिन प्रतिदिन दूर्घटना बढ्दै जाँदा युवाहरूको समूहले हुलाकी सडक बन्द गरेको हो ।

हिजो दिउँसो बेल्डाँडीकै २२ वर्षीय युवक सुनिल सार्कीको मोटरसाईकल हुलाकी सडकको खाल्डोमा पारेर दुर्घटना हुँदा मृत्यु भएको थियो ।

हुलाकी राजमार्ग निर्माणको लागि सम्बन्धित निकाय सम्म ध्यानाकर्षण गराउने उद्देश्यले सडकमा भएका खाल्डाखुल्डी पुरी ग्राभेल गर्न र गुणस्तरीय कालोपत्रे गर्न माग गर्दै आज (बुधबार) बेल्डाँडीका युवाहरू आन्दोलित भएका छन्।

आज बिहानै युवाहरूले सडकमा ढुङ्गा तेर्साएर बाटो बन्द गरेका छन् जसले गर्दा हुलाकी सडक भएर ओहोरदोहोर गर्ने आमनागरिकले सास्ती खेप्नुपरेको छ ।

ताजा समाचार