युवाहरुको आन्दोलन पछि बेलडाँडी गाउँपालिकाद्वारा सडकका खाल्डाखुल्डीमा ग्राभेल

कञ्चनपुर । बेलडाँडीका युवाहरुको आन्दोलित पछि गाउँपालिकाद्वारा सडकका खाल्डाखुल्डीमा ग्राभेल हालेको छ।

हुलाकी सडक निर्माण ठेकेदारको लापरबाहीको कारण सडकमा भएका खाल्डाखुल्डीले दिन प्रतिदिन दुर्घटना बढ्दै जाँदा बेल्डाँडीका युवाहरूले हुलाकी सडक बन्द गरेका थिए ।

हिजो दिउँसो बेल्डाँडी गाउँपालिका वडा नं १ बस्ने २२ वर्षीय सुनिल सार्कीको मोटरसाईकल हुलाकी सडकको खाल्डोमा पारेर मृत्यु भएको थियो ।

उक्त घटना पछि बेल्डाँडीका युवाहरु आन्दोलित भएर सडक निर्माणका लागि सम्बन्धित निकाय सम्म ध्यानाकर्षण गराउने उद्देश्यले सडकमा भएका खाल्डाखुल्डी पुरी ग्राभेल गर्न र गुणस्तरीय कालोपत्रे गर्न माग राख्दै युवाहरूले आज बिहान ८ बजे देखि १ बजे सम्म सडकमा ढुङ्गा तेर्साएर बाटो बन्द गरी आन्दोलित भएका थिए। जसले गर्दा हुलाकी सडक भएर ओहोरदोहोर गर्ने आमनागरिकले सास्ती खेप्नुपरेको थियो ।

उक्त आन्दोलन पछि बेल्डाँडी गाउँपालिकाले सडकका खाल्डाखुल्डी ग्राभेल हाल्ने, गाउँपालिकाको नेतृत्वमा सडक निर्माणका लागि ठेकेदारसंग विस्तृत छलफल गर्ने सहमतिमा युवाहरूले आन्दोलन बन्द गरेका छन् ।

र गाउँपालिकाले पनि युवाहरुको आन्दोलनको मागलाई केन्द्रित गर्दै आजै सडकका खाल्डाखुल्डीमा ग्राभेल हालेर काम अघि बढाएको छ ।

ताजा समाचार