सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड


कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ ।

शुक्रबार दिउँसो समाजवादी निकट अनेरास्ववियूका नेताहरुले परीक्षा नियन्त्रक देवसिह नाथ र सहायक परीक्षा नियन्त्रक बिर बहादुर सिहको कार्यकक्षमा तोडफोड गरेको हो ।

परीक्षा नियन्त्रक देवसिह नाथले सिधै १२/१५जना समाजवादीका नेता कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन तोडेको भन्दै तोडफोड गरेको बताए ।
‘हामी दुवै जना आ–आफ्नो कार्यकक्षमा नियमित कामकाज गरिरहेका थियौँ, ‘उनले भने, ‘एक्कासी आएर अराजकशैलीमा तोडफोड गरेर गए ।’
सहायक परीक्षा नियन्त्रक सिह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराज सहित तोडफोड गरेको उनले बताए ।

समाजवादी निकट विद्यार्थी संगठनले भागबण्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए । ‘हामीहरु उहाँहरुसंग ६/६ पटक वार्तामा बसे, ‘परीक्षा नियन्त्रक नाथले भने, ‘तर बाग चाहियो भन्ने अब हाम्रो स्तरबाट उहाँहरुलाई भाग दिन सक्ने कुरो भएन, भाग नै माग्ने भए कार्यकारी संग माग्नुप¥यो ।’ अनेरास्ववियूले कार्यकक्षा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ ।


अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयम परीक्षा नियन्त्रक देवसिह नाथ सहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ ।
अनेरास्ववियू कञ्चनपुरका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रृटीलाई सच्याउनुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको र आफुहरुसंग सल्लाह नै नगरेर असम्बन्धीत निकट विद्यार्थी लगाएर परीक्षा नियन्त्रक नाथ सहित सहित उपपकुलपति डा.अमराज जोशी, रजिष्ट्रार यज्ञराज पाठकले बहुबलीका भरमा ताला तोडेपछि परिस्थित सृजना भएको बताए । ‘हामीले कहिकतै भाग मागेका छैनौँ, ‘उनले भने, ‘हामीले स्नातक तह छैटौँ सेमेष्टर समाजशास्त्र विषयप्रशन पत्रमा त्रृटिगर्नेमाथि कार्बाहीको माग अघि सारेका थियौँ ।’समाजवादी निकट अनेरास्ववियूले गत १८ साउनमा लगाएतको तालाबन्दीमाथि कुनै छलफल नगरेर १० भदौँमा आफु निकट विद्यार्थी अघि सारेर ताला तोडेर संगठनलाई चुनौती दिएको बुझिन्छ ।
विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तोडफोड गर्नेमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ, भने अनेरास्ववियूले घटना जिम्मा लिदै घटना उत्पन्न गराउने र परीक्षा जस्तो विषयमा त्रृटी गर्नेमाथि कार्बाहीको माग अघि सारेको छ । परीक्षा नियन्त्रण कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म बेथिति बढिरहेका बेला अनेरास्ववियूले सचेत मात्रै गराएको उनीहरुको दावि छ ।

अनेरास्ववियूले आफुहरुले समान्य चेतावनी दिएको, चर्चाचर्की भएको र कार्यालयबाट फिर्ता आएपछि कतै परीक्षा नियन्त्रक नाथ आफैले सबै विद्यार्थी परिचालन गरेर तोडफोड गराएकोदेखि महत्वपूर्ण कागजात नष्ट गरेको विषयमा संगठन अनविज्ञ रहेको बताएका छन । गलत कार्य गर्नकै लागि परीक्षा नियन्त्रण कार्यालयमा सिसिटिभी जडान नभएको अनेरास्ववियूको आरोप छ ।

ताजा समाचार