माइती नेपालद्धारा यातायातकर्मीलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध प्रशिक्षण

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले यातायातकर्मीहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध प्रशिक्षण दिएको छ । मंगलवार कञ्चनपुरको प्रमुख सिमा नाका गड्डाचौकी हुदैं भारतका विभिन्न शहर सम्म दैनिक रुपमा सञ्चालन हुने बस, अटो, रिक्सा तथा सार्वजनिक सवारी चालक, सहचालक तथा परिचालक र विद्यमान पेशागत संघ,संगठन,समितिका पदाधिकारी, कर्मचारी लगाएतलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध प्रशिक्षण दिइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले
बताइन् ।

‘मानिस वा अन्य कुनैपनि बस्तु एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउन प्राय सवारी साधनको नै प्रयोग हुने गर्दछ ।’ उनले भनिन् ‘त्यसैले मानव बेचविखन तथा ओसारपसरा न्यूनिकरणमा यातायातकर्मीको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले अगाडी भनिन् ‘सोही कुरालाई मध्यनजर गर्दै यातायातकर्मीलाई मानव बेचविखन तथा ओसारपसरा विरुद्ध प्रशिक्षण दिइएको हो ।’

माइती नेपाल कञ्चनपुरले मानव बेचविखन न्यूनिकरणका लागि निरन्तर यस्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम समेत गर्दै आएको छ । संयोजक भट्टका अनुसार प्रथम चरणमा सहभागीहरुलाई मानव बेचबिखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध तथा कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीहरुले के–कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा प्रशिक्षण तथा छलफल गरिएको थियो । छलफलका क्रममा अधिकांश सहभागिहरुले प्रशिक्षण कार्यक्रममा सहभागी हुनुपूर्व मानव बेचविखन न्यूनिकरणका लागि आफ्नो भूमिका बारे अनभिज्ञ रहेको बताउदैँ आगामि दिनमा यस्ता गतिविधि प्रति सचेत रहने प्रतिबद्धता जनाएका थिए ।

यस्तै मानब बेचबिखन तथा ओसारपसार विरुद्धको १७औं दिवसको पुर्वसन्ध्यामा महिला मानव रक्षक सञ्जालको समन्वयमा माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन विरुद्ध ग्रामिण स्तरमा जनचेतना जगाउन भीमदत्त नगरपालिका–१६ बसन्तपुर स्थित प्रभात विद्या निकेतनका विद्यार्थीहरुलाई समेत अनुशिक्षण प्रदान गरेको थियो ।

ताजा समाचार