पत्रकार बस्नेतको पहलमा प्यारातालमा पर्यटन प्रबर्द्धन अभियान चलाइदै

कञ्चनपुर । नागरिकको अगुवाईमा पर्यटकीय गन्तव्यको रूपमा कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्याराताल विकास गरिँदै छ।

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं ९ स्थित रहेको प्याराताल पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नको लागि पत्रकार दिपेन्द्र बस्नेतको पहलमा नागरिक अभियान सञ्चालन गरिएको हो।

गत असारको अन्तिदेखी सुरु गरिएको अभियानमा स्थानीय तथा बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।

नागरिकहरुद्वारा प्राप्त स्वस्फुर्त आर्थिक साहायताबाट प्यारातालको जैविक पहिचान झल्काउदै पर्यटन बिकासका लागि आबश्यक भौतिक संरचना निर्माण गरिन लागेको अभियन्ता पत्रकार दीपेन्द्र बस्नेतले बताए।

उनका अनुसार,प्यारातालको जैविक विविधता झलाउने जैविक उद्यान निर्माण गर्ने उद्देश्यले पर्यटन बिकासका लागि प्याराताल क्षेत्रको वनस्पति संरक्षण र जीवजन्तुहरुको प्रतिमा स्थापना गरि पर्यटन बिकास गर्न नागरिक अभियान सुरु गरिएको बस्नेतले बताएका छन्।

उनले भने,”प्यारातालको जैविक विविधता झल्काउन पयर्टन प्रवद्र्धनका लागि ताललाई आकर्षक बनाउन नागरिकको लगानीबाट माछाको प्रतिमा निर्माण भइसकेको छ । थप आर्थिक सहयोग जुट्दै गएकामा प्यारातालको जैविक विविधता झल्काउने विभिन्न किसिमका जीव जनावरहरूको प्रतिमा संरचना र पार्क बनाउने योजना समेत रहेको छ।अहिलेसम्म १ लाख ७० हजार नगद आर्थिक सहयोग प्राप्त भएको छ । भने प्याराताल परिसरमा सेल्फी पोइन्ट र दुर्लभ जन्तुओदको मुर्ती बनाउने जिम्मा दुई जना दाताहरुले लिनु भएको छ । केही दाताहरुबाट इटा मोरंग लगायत निर्माण सामाग्री सहयोग स्वरुप प्राप्त भएको छ ।”

प्यारातालमा दुर्लभ प्रजातिका जीव जन्तु, प्राकृतिक हरियाली जंगल ताल माछा, पानी बिरोलो, गोहरो, कछुवालगायत जीव जन्तुहरु पाइने रमणिय स्थान समेत रहेको बस्नेतले बताए।

प्यारातालबाट नेपाल सरकारले लाभ लिएता पनि यसको संरक्षण तथा प्रवर्द्धनमा सरकारी निकायको ध्यानाकर्षण नभएको र राज्यको लगानी सुन्य भएको भन्दै बस्नेतले गुनासो समेत पोखेका छन् ।

राज्यको लगानी नलागेको प्यारातालको जैबिकतलाई झलकाउँदै पर्यटकीय स्थल बनाउने उदेश्य रहेको उनले बताएका छन् ।

नागरिक लगानीमा पर्यटन प्रबर्द्धनको अभियान सुरु गरिएको यो कंचनपुरमै सम्भवत पहिलो अभियान हो ।

ताजा समाचार