बेलडाँडी गाउँपालिका अध्यक्षद्वारा कार्यालयमा ढिलो आउनेलाई गेटमै रोके

कञ्चनपुर ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारी समयमा कार्यालय नआएको भन्दै कर्मचारीहरूलाई कार्यालयको गेटमै रोक लगाएका छन्।

बेलडाँडीमा सोमबार कार्यालयमा समय भन्दा ढिलो उपस्थित हुने कर्मचारीहरुलाई पालिका अध्यक्ष हरिश्चन्द्र रानाले मुल गेटमै रोकेर प्रवेशमा रोक लगाएका हुन् ।

बेलडाँडी गाउँ पालिकाका जम्मा ३६ जना कर्मचारीहरु मध्य ६ जना कार्यालय सहयोगी र ३ जना अन्य कर्मचारी मात्रै समयमा उपस्थित रहेका अध्यक्ष रानाले बताए । कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र कर्मचारीहरुको लापरवाहीले जनताहरुलाई सास्ती हुन थाले पछि कर्मचारीलाई कार्यालयमा उपस्थित हुन नदिइ फर्काउन परेको अध्यक्ष रानाले बताए ।

कार्यालयमा ढिलो आउने कर्मचारीलाई सबक सिकाएको भन्दै स्थानीयहरुले गाउँपालिका अध्यक्षले चालेको कदम प्रति प्रशंसा गरेका छन् ।

ताजा समाचार