निड्स नेपाल द्धारा ७ दिने तालिम सञ्चालन


कञ्चनपुर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा निड्स नेपालद्धारा ७ दिने तालिम सञ्चालन गरेको छ।

बिहिवार एक कार्यक्रमका साथ होटेल चेतनमा भीमदत्त नगरपालिका वडा न .९ का आप्रवासी महिलाहरु लाई आफ्नो व्यवसाय सुरु तथा सुधार तालिमको उद्धघाटन भीमदत्त नगरपालिका वडा न.९ का वडा अध्यक्ष गगन सिंह कार्कीले गर्नुभएको आप्रवासी परिवारको लागि आर्थिक उत्थानशिलता परियोजनाका ई. डि.ओ. मन राज उपाध्याय बताउनु भएको हो।

उनका अनुसार, उक्त तालिम अवधी असोज ४ देखि असोज १० गते सम्मको सात दिनको रहनेछ । जसमा भीमदत्त नगरपालिका वडा न.९ का २० जना महिलाहरुको सहभागिता रहेको छ।

तालिमको उद्धघाटन कार्यक्रमका सभापति निड्स नेपालका सचिब देब चन्द्र उपाध्याय , प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा न -९ का वडा अध्यक्ष गगन सिंह कार्की , अतिथिमा निड्स नेपालकी निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट ,प्रशिक्षक भिम बहादुर बिष्ट , कृष्ण पाण्डेयले प्रशिक्षण, निडस नेपालका कार्यकारी निर्देशक प्रकाश चन्द्र मडै , परियोजना संयोजक अनिला चौधरी , परियोजना ई डि ओ मन राज उपाध्याय लगायत परीक्षार्थीहरुको उपस्थिति रहेको थियो। तालिमको उद्धघाटन कार्यक्रममा स्वागत मन्तव्य निडस नेपालका सह कार्यकारी निर्देशक प्रकाश चन्द्र मडै राख्नु भएको थियो। भने सञ्चालन परियोजना संयोजक अनिला चौधरीले गर्नु भएको थियो।

आप्रवासी परिवारको लागि आर्थिक उत्थानशिलता परियोजना कार्यक्रम भीमदत्त नगरपालिका अन्तर्गत मुसेटी ,टुडिखेल , खल्ला, सिद्धनाथ ,ब्राहमा र बादिबस्ती लगायतको क्षेत्रमा सञ्चालन रहेको छ। महिला शसक्तिकरण सदस्य छनोट गर्ने मापदण्डहरु आप्रवासी महिलाहरुमा १० केन्द्रमा २५० जनाको सदस्यहरु रहेका छन् । आप्रवासि परिवारका महिलाहरु लाई लक्षित गरि महिलाहरुको आत्मविश्वास बढाउने ,आर्थिक गतिविधिमा महिलाहरुको पहुच गराउने उद्देश्य अनुरुप परियोजना सञ्चालनमा रहेको परियोजना ई डि ओ मन राज उपाध्याय बताउनु भयो। महिला नेतृत्व व्यवसाय पहिचान गर्ने, वित्तीय साक्षरता तालिम (म स के सदस्य र सहजकर्ता ), महिलाको अर्थिक अधिकार प्रर्वधन गर्न वित्तीय संस्थागत नेटवर्क बढाउने लगायतमा काम गर्दै आएको र सीप सिकाई व्यवसाय गरि जिबिको पार्जन गर्ने लगायतका कुरामा परियोजनाले विशेष जोड दिएको छ। तालिममा सहभागी हुन पाउदा सम्पुर्ण महिला परीक्षार्थीहरु आत्मनिर्भर भइ व्यवसाय गर्न समेत सहयोग पुग्ने भन्दै हर्षित भएका छन् ।

प्रमुख अतिथि परियोजनाले वडामा आत्मनिर्भरता बढाउने काम परियोजनाले गरेको छ, जसमा महिला उद्यमशिलताले रोजगार सिर्जना गर्नमा ठुलो योगदान पुगेको वडा अध्यक्ष कार्किले बताउनु भयो। सभापतिले सीप आर्जन गर्दै व्यवसायी सञ्चालन गर्न हुन समेत अनुरोध गर्दै उद्धघाटन सत्र समापन गर्नु भएको थियो।

ताजा समाचार