बेलाैरीको उखुबारीमा एक जना शिशु हातबाधेर अवस्थामा भेटिए

कञ्चनपुर । बेलाैरीमा एक नाबालिका शिशु हात बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाकाे बेलौरी नगरपालिका–७ सिंहपुरकाे उखुबारीमा एक जना शिशुको हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

ती शिशुलाई स्थानियले शुक्रबार (आज) विहान करिब ९ बजेकाे समयमा दुवै हात बाँधेर सडक छेउकै उखुबारीमा रााखिएकाे अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। खबर पश्चात् तत्काल प्रहरीले बालककाे उद्वार गरी उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ।

बच्चा कसकाे हाे, कसले त्यहा किन हात बाधेर छाेडे ? भन्ने विषयमा अहिलेसम्म केही नखुलेको बताउदै तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ताजा समाचार