कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं ४ बैतडामा यही असोज ११ गते टाका मेला लाग्दै

सन्तोष धानुक/कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका बैतडामा यस वर्ष पनि सधै झै टाका (जात) मेला लाग्ने भएको छ ।

बेदकोट नगरपालिका वडा नं ४ बैतडामा रहेको स्टकुल देवता धार्मिक स्थल घटालथानको पस्चिममा अवस्थित रहेको श्री स्टकुल देवता महादेब, निमुन मन्दिरको प्राङ्गणमा असोज ११ गते (बिहीबार) कादिन टाका (जात) मेला संचालन हुने भएको हो ।

टाका (जात) मेला काठमाडौमा लाग्ने कुमारी इन्द्र जात्राको दिनको उपलक्षमा अनन्त चतुर्दशीका दिन बेदकोट नगरपालीका वडा नं ४ बैतडास्थित पनि धुमधामका साथ जात मेला लाग्ने गरेको बेदकोटका स्थानिय लाल धानुकले बताएका छन् ।

धानुकका अनुसार, हिन्दू धर्म संस्कृति संरक्षणका लागि यस बर्ष पनि मेला आयोजना गरिएको छ । परापूर्वालदेखि नै उक्त जात मनाउँदै आएको र अहिले पनि संस्कृतिको जगेर्ना गर्नका निमित्त उक्त जात मनाउने गरिएको छ । यो जातको आफ्नै धार्मिक बिश्वास रहेको छ। बेदकोटका विभिन्न ठाउँबाट आआफ्नै जात ल्याएर मन्दिरको परिक्रममा गरेर जात पर्व भव्यताका साथ मनाउने धार्मिक परम्परा रहेको बताएका छन्।

उनले भने, सास्कृतिक लोक बाजा दमहा बजाउदै पुजा आरधना गरि जात्रा मनाउने गरिन्छ । साथ साथै सुदुरपस्चिमको सान देउडा कार्यक्रम पनि आयोजना गरिएको छ । टाडा बाट आउने भक्तजनहरुका लागि खाना बस्नका लागि पनि ब्यबस्था, पार्किङको सुबिधा,प्रहरी सुरक्षाको सुबिधाका साथै मादक पदार्थ बिक्री बितरण र सेवन गर्न पुर्ण रुपमा बन्देज गरी भब्यताका साथ टाका जात मानाइने बताएका छन्।

ताजा समाचार