विद्युत सव स्टेशन र कोल्डस्टोर निर्माणको लागि अतिक्रम जमिन खालि गर्न बेलडाँडी गाउँपालिकाको सूचना

महेन्द्रनगर ।  विद्युत सव स्टेसन र कोल्डस्टोर निर्माण गर्न बेलडाँडी गाउँपालिकाले अतिक्रम जमिन खालि गराउन ३५ दिने सूचना जारी गरेको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा ७२ बिघा जग्गा ग्रिन बेल्टको अतिक्रमणमा परेको छ । जस मध्य एक बिघा १७ कठ्ठा जग्गाको अतिक्रमण जमीन खाली गराएर १५ शय्याको अस्पताल निर्माणको कम भइरहेको छ र थप विद्युत सव स्टेशन र कोल्डस्टोर निर्माणको लागि जमिनको आवश्यक रहेकोले अतिक्रम जमिन खालि गर्ने गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी दिएका छन्।

उनले भने, बेल्डाँडीको विकास र गाउँपालिका क्षेत्रभित्र विद्युत लाईन अवरुद्धका कारण सास्ती खेप्नुपरेको हुनाले यहाँका बासिन्दाहरूको हितका निम्ति आफूले अतिक्रम जमिन खालि गराउने अध्यक्ष रानाको बताए ।

साेमबार आज बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले हस्ताक्षर गरिएको विज्ञप्तिमा मिति २०८०/०३/१० गते बसेको १३ औं गाउँसभाको निर्णय नं. ३८ अनुसार यस गाउँपालिका क्षेत्रभित्र विद्युतको लाईन कलुवापुर हुँदै बेलौरीबाट बेलडाँडीसम्म जोडिएको र पटकपटक विद्युत लाईन अवरुद्ध भईरहने हुँदा यस क्षेत्रका सम्पूर्ण नागरिकहरुले साह्रै सास्ती भोग्नपर्ने बाध्यता रहेको हुँदा दैजिबाट बेलडाँडीसम्म सिधै विद्युत लाईन जडान गरि बेलडाँडी गाउँपालिका क्षेत्रभित्र विद्युत सव स्टेशन निर्माणको लागि आवस्यक पर्ने जग्गा तथा कोल्डस्टोर निर्माणको लागि आवस्यक पर्ने जग्गाको लागि बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत पूर्व बाटो तथा मोडेल चाईल्ड बोर्डिङ्ग स्कूल, पश्चिम नहर, उत्तर बाटो तथा दक्षिण वनक्षेत्रको सिमाना यती ४ (चार) किल्ला मित्रको जग्गामा विद्युत सब स्टेशन र कोल्डस्टोर निर्माण गर्न चारकिल्ला तोक्ने र योजना कार्यान्वयनको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने साथै उक्त चारकिल्ला क्षेत्रभित्र निर्माण भएका घर टहरा लगायतका सम्पूर्ण संरचनाहरु हटाउन नियमानुसार सूचना जारी गरि काम कारवाही अगाडी बढाउन गाउँ कार्यपालिकाको कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएकोले उक्त चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा बनेका व्यक्ति तथा संघ संस्थाका सम्पूर्ण घर टहराहरु हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि गाउँसभाको निर्णयानुसार यो ३५ (पैतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।




ताजा समाचार