कञ्चनपुर । कञ्चनपुरको पुनर्वासकी एक महिलाको हत्या गर्ने चार युवक पक्राउ परेका छन ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुनर्वास आईबिआरडीकी २७ बर्षिया लक्ष्मी घर्तीको हत्या गर्ने पुनर्वास नगरपालिका-३ का चार जना युवाले हत्या गरेकाे खुलेपछि प्रहरीले पत्रकार सम्मेलन मार्फत उनिहरूलाई सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा बेलौरी १ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पर्शु राना, ३३ वर्षीय सेनराज रानालाई पक्राउ गरिएको छ । र ३० वर्षीय राज कुमार राना फरार रहेकाले पक्राउ गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन्
उनका अनुसार,२०८० साउन २९ साँझ ५ बजेतिर लक्ष्मी घर्ती घरदेखि मामा घर जान्छु भन्दै हिडेकी लक्ष्मी दोस्रो दिन साउन ३० बिहान पुर्नवास नगरपालिका वडा नम्वर ३ आईबिआरडी बजारदेखि ‘घ’ गाँउ जाने सडक क्षेत्रमा उनी मृत फेला परेकी थिईन । मृत फेला परेकी लक्ष्मीको हत्या भएको भन्दै घर परिवारले प्रहरीलाई जानकारी दिएको थियो ।
त्यही अनुसार घटनाकाे अनुसन्धान गर्दै जाँदा लक्ष्मीको एक जनासंग चिनजान रहेको साथी सङ्गै पाँचै जनाले लक्ष्मीलाई लालझाडी गाउँपालिका १ मा रहेको जंगलमा हात्ती हेर्न जाने भनेर लगेको अनुसन्धानबाट खुलेपछि लक्ष्मीको हत्या संलग्न भएको आरोपमा यी चार जना युवकलाई दुई महिनापछि पक्राउ गरेको हो ।
लक्ष्मी एक जनासंगको चिनजानकै सम्बन्धमा आधारमा सोही दिन उनीहरुसंग लाल्झाडी जंगलमा रहेको जंगली हात्ती रेखदेख गर्नका लागि बनाइएको काठको टहरा हेर्नका लागि गएका थिए र त्यहाँ उनीहरूले मदिरा सेवन गरेर केही कारण बस् विवाद हुँदा युवाहरुले युवतीलाई टहराको तेस्रो तलाबाट खसाएर घाईते बनाएपछि घाईते भएकी लक्ष्मीको उपचारको साटो घर नजिकै ल्याएर उनको शव फ्याकेको बताए ।
एसपी थापाका अनुसार, घटनामा संलग्न राज कुमार रानाको खोजि भईरहेको छ । पक्राउ परेका चारै जनालाई आदालनबाट म्याद थप गरेर अनुसन्धान अघि बढाईएको छ । उनीहरु बिरुद्धमा कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दायर गरिने र उक्त घटनामा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।