महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा हरेक वर्ष झै यस वर्ष पनि हिन्दुहरुको महान चार्ड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ ।
एकता एकता युवा समाजको आयोजनामा ” खुल्ला फुटबल प्रतियोगिता २०८०” बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको श्री रौलेश्वर माध्यामिक विद्यालयको प्राङ्गणमा फुटवल प्रतियोगिता हुने भएको हो ।
उक्त प्रतियोगिताको खेल उदघाटन असोज २८ गते घटस्थापनाको दिन हुने कार्यतालिका रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कारको व्यवस्था गरिएको छ । टिम दर्ताका लागि ६ हजार ९ सय ९९ शुल्क लाग्ने र टीम दर्ता मिति असोज २२ गते देखि २७ गते दिउँसो २ बजे सम्म रहेको आयोजकले जनाएको छ ।
रौलेश्वर स्कूल नजिकै रहेको कालिका मन्दिरमा विगत लामो समय देखि नवौंमीको मेला लाग्दै आइरहेको छ।
![](https://ekpatra.com/wp-content/uploads/2023/10/IMG_20231008_090740.jpg)