पवन औजी/कञ्चनपुर । देउडा गायक शेरी औजीको “का हालु फाल पनि” बोलको गित सार्बजनिक भएको छ । उक्त गित मंगलबार सार्बजनिक गरिएको हो ।
भानु भक्त जोशीको शब्द र भुपेन्द्र बोहोराको लय रहेको उक्त गितको एरेन्ज कृष्ण बजुरेलीले गर्नु भएको छ । यश गितका निर्देशक सागर खड्का हुन भने अभिनयमा सागर खड्का र मन्जु कुवर रहेका छन ।
पछिल्लो समयमा एक पछि अर्को गित बजारमा ल्याउदै आएका गायक औजी यस गितलाई पनि अरु गित जस्तै माया गरिदिन अनुरोध गर्छन । यो गित मर्मस्पर्शी भएकाले सबैले सुनेर प्रतिक्रिया दिन पनि गायक औजीले आग्रह गरे ।
एक पछि अर्को गित ल्याउदै पछिल्लो समय देउडा गायक चर्चामा आइरहेका छन । रङ्गी रुमाल , का हो सुवा तम्रो घर , प्रहरीलाई खबर गरौ , घुम्न जाउला कंचनपुर लगायतका थुप्रै गित चर्चित रहेका छन ।
