कञ्चनपुरको बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु

कञ्चनपुर, २६ असोज । सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको हो ।

भारतसग सीमा जोडिएको बेलौरीमा पछिल्ला बर्षहरुमा लागु औषध ओसारपसार, कारोबार एव सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागु औषध बिरुद्धको अभियान शुरु गरेको छ ।लागु औषध बिरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षतामा समेत ग्रहण गरेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समाजमा विकरात रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताए ।

मेयर चौधरीले भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एव ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताए ।‘आजदेखि हामीले अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरुमा सरोकारवालासग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामुलक कार्यक्रम गछौँ ।’हालसालकै बर्षहरुमा बेलौरीका ९१जना स्थानीय युवा लागु औषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झण्डै २सय जना पक्राउ गरिएको बताए । ‘भावि दिनमा लागु औषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘लागु औषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै संचालन गरेका छौँ । ’मेयर चौधरीले बेलौरी मात्रै नभई दक्षिण क्षेत्रका अन्य पालिकासंग समन्वय गरेर यस क्षेत्रलाई लागु औषध मुक्त गराउने सुन्यमा झार्ने उदेश्य रहेको बताए ।

उनले लागु औषध नियन्त्रणका लागि पालिकासंगै प्रदेश र सघीय सरकारले समेत सहयोग गर्नुपर्नेमा अपेक्षा गर्नुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले लागु औषध नियन्त्रणका लागि स्थानीय स्तरमा बेलौरी जस्तै अन्य पालिकाहरुले समेत अभियान संचालनमा जोडदिएका छन ।सभामुख भण्डारीले पछिल्ला बर्षहरुमा सुदूरपश्चिम नै लागु औषधका कारण समाज ध्वस्त भईरहेका बेला समयमै निदान नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेबार रहेको बताए ।

उनले कुनै लागु औषधका सेवनकर्ता वा व्यक्ति पक्राउ परे राजनीतिक दलबाटै छुटाउने काम भएकाले यस्तो नगर्न आग्रह गरेका छन ।सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री शिवराज भट्टले  लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकार्बाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोडदिएका छन । मन्त्री भट्टले प्रदेश सरकारले समेत लागु औषध नियन्त्रणका लागि सरोकारवालासग समन्वय गरेर अघि बढ्ने बताए ।सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री झपट बहादुर साउदले लागु औषध जरैदेखि निर्मुल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासंग सहकार्य समन्वय गर्ने बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यत्रय ओम विक्रम भाट(सरल), दिवान सिह विष्टले समेत लागु औषध नियन्त्रणका लागि बेलौरी पालिका सरकारले थालेको अभियान सरायिन भएको प्रसंसा गर्दै अभियानमा साथ सर्मथन जनाएका छन ।

सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) भारत बोहराले पछिल्ला दिनहरुमा सुदूरपश्चिममा लागु औषध भयाभह अवस्थामा रहेको औल्याए । उनले लागु औषध नियन्त्रणका लागि प्रहरीले यस्तै पालिका सरकार सहितका सरोकारवालासंगको सहकार्यमा कार्यक्तम गरेर नियन्त्रण गरिरहेको बताए ।बेलौरी नगरपालिका भरिएका सामुदायिक तथा सस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, भलमन्सा, स्थानीय विभिन्न संघ संस्थाहरुले बजारमा जनचेतनामुलक ¥याली निकालेका थिए ।

कार्यक्रमको संचालक बेलौरी नगरका कर्मचारी मान बहादुर चन्द र शिक्षक लक्ष्मण दियालले संचालन गरेका थिए ।कार्यक्रममा विभिन्न क्षेत्रका हजारौँको सहभागिता रहेको थियो । स्थानीय नागरिक सहित जिल्ला प्रदेशका सरोकारवालाले बेलौरीले सचालन गरेको अभियान सरायिन भएकोले निरन्तरता

ताजा समाचार