कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा इजरायलबाट ७ जना नेपाल पुगे

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा इजरायलबाट सात जना नेपाल पुगेका छन । मंगलबार बिहान इजरायलको तेलअभिभबाट बिहान ९ बजे भारतीय स्पाईस जेट विमान मार्फत १८ जना नेपालीलाई उद्दार गरेर ल्याईएको थियो ।ति मध्ये ७ जना गड्डाचौकी नाका भएर नेपाल प्रवेस गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाका अनुसार, इजरायलबाट दिल्ली पुगेका मध्ये ७ जना मात्रै गड्डाचौकी नाका भएर नेपालको कञ्चनपुर महेन्द्रनगर बसपार्क पुगेको बताए ।

कैलालीको टीकापुर नगरपालिका १ का नन्दसिह भुल सहित निश्चल श्रेष्ठ, स्थानीय राज कुमार मानन्धर, श्वेता गु्रुङ्ग, ममता थापा, दिल कुमारी अधिकारी, लक्ष्मण दियाल रहेका छन्। उनीहरुलाई प्रहरीले यातायात व्यवसायीसंग समन्वय गरेर गन्तव्यसम्म पठाउने प्रहरी उपरिक्षक थापाले बताए।

प्यालेस्टाईनी हमास समुहले ईजराईलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिक त्रसित भएर फर्किनेक्रम जारी रहेको छ । २० असोजमा हमास समुहले इजरायलमाथि हमाल गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको निधन भएको थियो ।

भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर कञ्चनपुरको विद्यार्थी विपिन जोशी अझैपनि वेपत्ता छन । जोशीलाई हमास समुहले अपहरण गरेको आशंका गरिएको छ ।

ताजा समाचार