डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको एक जिल्लामा राष्ट्रिय खेलाडी लाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।
डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर/उपमेयर कप पुरुष/महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन् ।
नगरपालिकाले सो अवसरमा भलिवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो । परशुराम १२ स्थायी घर भएका रावलले परशुरामलाई भलिबल क्षेत्रमा ठूलो योगदान र खेल क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ ।
रावल २०६३ साल देखि २०७२ सम्म डडेल्धुराबाट ओपन स्पाइकको रुपमा भलिबल खेलेका थिए । सोहि विचमा रावल २०६८ सालमा सुदूरपश्चिमबाट राष्ट्रिय टिममा सहभागी भएका थिए । रावल अहिले डडेल्धुरा शिक्षा क्याम्पसमा कार्यालय सहायक पदमा कार्यरत छन् ।