सशस्त्रका एसपी विष्टको दार्चुला १६ महिने कमान्डिङ्ग ः सीमा सुरक्षादेखि समाजिक कार्य


कञ्चनपुर, फागुन ९ एक बर्ष अघि सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बहादुर विष्टले दार्चुलाको कमाण्ड सम्हाल्ने जिम्मेबारी पाए । पश्चिम नेपाल सुुदूरपश्चिम प्रदेशको दार्चुला सामरिक तथा अन्र्तराष्ट्रिय हिसाबले सामरिक महत्वपूर्ण जिल्ला हो ।
उत्तरमा चिन र पश्चिममा भारत दुईदेशसंग सीमावर्ती जोडिएको दार्चुलामा सीमा समस्या बषौँदेखिको विद्यमान छन । जटिल जिल्लाका रुपमा रहेको दार्चुलामा सशस्त्र प्रहरी बल नेपालको नम्बर ४४ गण हेडक्वाटर छ । सशस्त्र प्रहरी हेडक्वाटरले विश्वासका साथ एसपी विष्टलाई दार्चुला जिल्ला कमाण्डरको नेतृत्व दियो । सशस्त्र प्रहरी बल दार्चुलाको कमाण्डर रहदाका बखत एसपी विष्टले आफ्नो कार्यकालमा सीमा सुरक्षादेखिका समाजिक काम गर्दैै विवादरहित सफलतापुर्वक कार्यकाल पुरा गरेको स्थानीयको विश्लेषण छ । एसपी विष्टको कार्यकालमा चालु आर्थिक बर्षमा मात्रै दुई महत्वपूर्ण भूगोलमा सशस्त्र प्रहरी बलको उपस्थिति गराईएको पाईन्छ । २४ बैशाख ०८० व्याँस गाउँपालिका–४ सुन्सेरामा बीओपी स्थापना भयो भने पहिलो पटक चीनको तिब्बत सीमा क्षेत्र व्याँस गाउँपालिका–१ टिंकरमा २२ भदौ ०८० बीओपी स्थापना भइ सुरक्षा उपस्थिति तैनाथ भएको छ । चिनसंगकै छायालेकमा सशस्त्र प्रहरी बलको नयाँ बिओपी विस्तारसंगै चिनसंगै जोडिएको उक्त सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति भयो ।
सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका–६ स्थितको बाँकु र ब्याँस गाउँपालिका–२ मालघाटमा झोलुंगे पुल सुरक्षार्थ फरवार्ड बिओपी स्थापना गरी खटिएको छ । यस्तै ६ माघ व्याँस गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट भवनको शिलान्यास गरी भवन निर्माण प्रक्रिया अगाडी बढेको छ ।साथै व्याँस गाउँपालिका–१ स्थित तल्लो कौवामा बीओपी स्थापना गर्न स्थलगत अध्ययन गरी उक्त स्थानको कित्ता नम्बर ८८६ को २० रोपनी जग्गा उपलब्ध गराउने सम्बन्धमा सबै निकायबाट सहमती प्राप्त भई सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय कार्यालयमा लेखापढी समेत भइसकेको जनाइएको छ ।
एसपी विष्ट यसअघि साविकको ५० नम्बर गुल्म खलंगाको गुल्मपति एक बर्ष बसेका थिए । एसपी विष्ट ३१ बैशाख ०७७ व्याँस गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो । त्यसको डेढ महिनापछि २८ असार ०७७ व्याँसकै वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा पनि बीओपी स्थापना भएको थियो । यसका साथै विपद्देखि थुप्रै जिल्लामा हुने घटना भारतीय समकक्षीसंग छलफल गरेर विवाद जिल्लामै निरुपण गराए ।
एसपी विष्टले आफ्नो दार्चुलाको पछिल्लो १६ महिने बसाइ र काम गराइमा सबै क्षेत्र र पक्षबाट सहयोग प्राप्त भएको बताएका छन । नागरिकले समेत एसपी व्यवहार र असल आचरणको प्रशंसा गरेका छन् भने सुरक्षा उपस्थिति बाक्लिनु र समन्वयकारी भूमिकामा साथ थापेका छन ।
२ कात्तिक ०७९ गते नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको गणपतिको जिम्मेवारी सम्हालेका विष्टको १६ महिने कार्यकाल सुखद् र उपलब्धीमूलक रहेको सरोकारवालाले अनुभुति गरेका छन । बडिमालिका जवान तालिम शिक्षालय कैलाली सरुवा भएका एसपी विष्टको धुमधामसँग बिदाई गरिएको छ । जिल्लाका चारवटै सुरक्षा निकायको उपस्थितिमा बाजागाजासहित सोमवार बिष्टलाई फेरी भेटौला कार्यक्रमअन्तर्गत बिदाई गरिएको थियो । एसपी विष्टको ठाँउमा एपीएफ अस्पताल काठमाण्डौंबाट सरुवा भइ आएका सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले जिम्मेबारी सम्हालेका छन । एसपी विष्टले जसरी संगठन, आन्तरिक तथा बाह्य समकक्षी, स्थानीयसंग समन्वय गरेर सीमा सुरक्षादेखिका समाजिक काम गरेका विषय नागरिकले स्मरणयोग्य भन्दै नयाँ आउने एसपीबाट समेत यस्तै अपेक्षा राखेका छन ।

ताजा समाचार