सिटिजन लाईफ ईन्स्योरेन्समा बीमा गरेका मृतक आलेको परिवारलाई रकम हस्तान्तरण


कञ्चनपुर, फागुन ९ कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ७ बाबाथानका आयत बहादुर आलेले सिटिजन लाईफ ईन्स्योरेन्समा जिवन बिमा गरेका थिए । झण्डै दुई बर्ष अघि आलेले सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीमा ‘सिटिजन शुभारम्भ’ योजना अन्र्तरगत जिवन बिमा गरेका थिए । दुई किस्ता मात्रै बुझाएका आलेको डेढ महिना अघि कालगतीले मृत्यु भयो ।
आलेको जिवन बिमा गरेको हुँदा बिना कम्पनीबाट सुविधा पाएका छन । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरी (कञ्चनपुर)का अनुसार मृतक आलेको परिवारलाई मृत्युदावि रकम दिईएको छ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरीका शाखा प्रमुख पुष्करराज भट्टले कम्पनीको योजना अनुरुप मृतक आलेको परिवारले सुविधा बाफतको रकम पाएको बताए । उनका अनुसार बुधबार मृतक आलेकी धर्मपत्नी चम्फादेवी आलेलाई उक्त बिनाको रकम हस्तान्तरण गरिएको छ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरीका शाखा प्रमुख भट्ट आफ्नै मृतककै घरमा पुगेर ४ लाख ६५ हजार २सय रुपैयाको चेक हस्तान्तरण गरेका छन । जनप्रतिनिधी मृतक परिवार सहित बिमा कम्पनीका प्रतिनिधीको सहभागितामा चेक हस्तान्तरण गरिएको हो ।
शाखा प्रमुख भट्टले मृतककी धर्मपत्नी चम्फादेवीलाई उक्त चेक सरोकारवालाको उपस्थितिमा हस्तान्तरण गरेका हुन । आलेको परिवारलाई बिमाङ्ग रकम बाफत ४लाख, बर्षदिनको बिनोस बाफत १५ हजार २सय, क्रिरिया खर्च ५० हजार गरेर ४ लाख ६५ हजार २सय रुपैया पाएका छन ।
सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरीका शाखा प्रमुख भट्टले कम्पनीमा जिवन बिना गरेका आलेको एक किस्ता बुझाएपछि मृत्यु भएको बताए । मृतकले ‘सिटिजन शुभारम्भ’ योजना अन्र्तरगत जिवन बिमा गरेकाले उक्त सुविधा पाएको बताए । ‘उनले चार लाखको मात्रै बिमा गरेका थिए, कालगतिले मृत्यु भयो, ‘शाखा प्रमुख भट्टले भने, ‘कम्पनीबाट अहिले पाउने र भावि दिनमा पाउने रकम पनि पाउँछन ।’मृतक आलेको परिवारले डिएसए सुविधा अन्र्तरगत आगामी ०३२ सालमा उनको परिवारले बिमाङ्ग रकमको ४लाख पाउनेछन । यसरी सटिजन लाईफ ईन्स्योरेन्स कम्पनीमा जिवन बिमा गर्दा कालगतीले मृत्युबरण गरेका आले परिवारलाई कम्पनीले दिने सुविधाबाट राहत भएको छ ।

ताजा समाचार