क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूह विजय हासिल

कञ्चनपुर/ फागुन १८। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैयामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले क्रिकेट खेल प्रतियोगितामा विजय हासिल गरेको छ् ।

शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैयामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा आज शुक्रबार क्रिकेट खेल प्रतियोगिता सुरु भएको हो । 

उक्त क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूह वनका अध्यक्ष मोहन ऐर र वडा सदस्य टेक चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले भगवती सामुदायक वनलाई ४ ओभरमा १ विकेट गुमाएर विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले पहिलो दिन विजय हासिल गरेको हो ।

उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई १० हजार रुपैयाँ र ट्रफी पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई ५ हजार रुपैयाँ र ट्रफी पुरस्कारको व्यवस्था गरिएको छ । खेल फागुन १८ गते देखि २१ गते सम्म संचालन हुने छ

वनका अध्यक्ष मोहन ऐरले स्वास्थ्यका लागि खेल एकदम महत्व भएकाले खेलाडी युवाहरूलाई प्रोत्साहित गर्न यस्ता खेलहरु आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

मोहन ऐरले यसभन्दा अघि पनि खेलाडी युवाहरूलाई प्रोत्साहित गर्न खेल आयोजना लगायत खेलकुद सामग्री पनि हस्तान्तरण गरेर खेलाडीहरूलाई सहयोग गर्दै आइरहेका छन् । स्थानिय खेलाडीहरुले पनि उनको सहयोगको सम्मान गर्दै हार्दिक आभार व्यक्त गरेका छन् ।

शनिबार भोलि बिहान प्रथम खेल ८ बजे वडा नं ९ र बैजनाथ समुदायक वन बीच प्रतिस्पर्धा हुने छ,भने ९:३० स्मार्ट आईटी र बैजनाथ समुदायक वनसंग प्रतिस्पर्धा,तेस्रो खेल ११ बजे विन्द्रवन र कालिका समुदायक वनसंग,चौथो खेल १२:३० जनज्योति सामुदायीक वन र हिमालयन युथ क्लवसंग,२ बजे विल्यक बक्स र कृष्ण समुदायिक वन , ३:३० दैजी र हिमालय युथ क्लव प्रतिस्पर्धा खेल सञ्चालन हुनेछ।

ताजा समाचार